काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वान च्याम्पियन भएको छ । उसले पछिल्लो तीन वर्ष लगातार तेस्रो पटक उपाधीमा कब्जा जमाएको हो । गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनको हातबाट ३–२ ले पराजित भएपछि पीएसजीले उपाधी जितेको हो ।
लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले ३१ खेलबाट ७० अंक जोडेको छ । जुन दोस्रो स्थानको मोनाकोको भन्दा १२ अंक धेरै हो ।
३१ खेल खेल्दा ५८ अंक जोडेको मोनाकाले अब बाँकी तीन खेलमै जित निकाले पनि खातामा नौ अंकमात्र थप्नेछ । लिग वानको इतिहासमा पीएसजीले १२औँ पटक घरेलु लिगको उपाधि जितेको हो ।
पीएसजीले लिग वानको पछिल्लो १२ सिजनमध्ये १० सिजनको उपाधि जितेको छ । लिगका अन्तिम तीन खेलमा अब पीएसजीले टोउलोउस, नाइस र मेट्जसँग खेल्न बाँकी छ ।