Khabar Board
Flash logo up side
flash header

यस्तो छ इंग्ल्यान्डको सी टिमविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इंग्ल्यान्डको ‘सी’ टिम विरुद्धको मैत्रीपूर्ण खेलका नेपाली टिम घोषणा गरेका छन्।

नेपालले वैशाख २४ गते इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्नेछ। खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ। टिमलाई हिजो अखिल नेपाल फुटबल संघले विदाइ समेत गरेको छ। बिदाइ कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन समेत उपस्थित थिए।

यातायात कार्यालय हेटौँडा

राजदूत फेनले आफ्नो बाल्यकालको खेलकुदका दिनहरू स्मरण गर्दै इङ्लिस क्लब स्टोक सिटी आफ्नो समर्थन गर्ने पुरानो टिम रहेको बताए। साथै उनले नेपाली राष्ट्रिय टोलीप्रति आफ्नो समर्थन व्यक्त गरे। उनले नेपाली टोलीका लागि सकारात्मक नतिजाको कामना गरे।

नेपाली टिम :

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ

डिफेन्डरः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लकेन लिम्बु

फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जलेस्पीजंग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्

अफिसियल्स : मनिष जोशी (टोली प्रमुख), पुरुषोत्तम थापा (अफिसियल), भिन्सेन्जो अल्बर्टो एनीस (मुख्य प्रशिक्षक), उत्तम भण्डारी (टिम म्यानेजर), प्रवेश कटुवाल (कोच), विनोद महर्जन (गोलकिपर प्रशिक्षक), लोकेन्द्र कुँवर (फिजियो)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.