नेपाली राष्ट्रिय फुटबल टोलीको बेलायत भ्रमण अनिश्चित

Image

काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका भ्रमण अनिश्चित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो ।

समयमै भिसा नआउँदा उनीहरू अहिलेसम्म होटलमै छन्। भिसा प्रक्रियामा निकै ढिलो हुँदा यसअघि नै एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउने तयारी गरेको थियो ।

एन्फाले इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो ।

एन्फाले इङ्ल्यान्ड भ्रमणमा जाने २३ खेलाडी सहितको नेपाली टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र मे ६ मा इङ्ल्यान्ड ‘ को सामना गर्ने योजना छ । दुवै खेल एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुनेछ ।

नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर: विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ

मिडफिल्डर: फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी

फरवार्ड: अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ