४ नं. वडाकाे शैक्षिक क्रियाकलाप अनुशरण याेग्य छ: एकालाल श्रेष्ठ

Image

हेटाैँडा/ हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले भाैतिक पूर्वाधारसंगै शिक्षा र खेलकुद क्षेत्रमा गरेकाे क्रियाकलाप अनुशरण याेग्य रहेकाे बाग्मति प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बताउनु भएकाे छ ।

४ नं. वडा कार्यालयकाे आयाेजनामा र शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ काे व्यवस्थापनमा भएकाे तेस्राे वडा खेलकुद महाेत्सव र वडामा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विध्यार्थी र शिक्षकलाई पुरस्कृत र सम्मान कार्यक्रममा बाेल्दै श्रेष्ठले यस्ताे बताउनु भएकाे हाे । शिक्षाकाे गुणस्तर सुधार आजकाे प्रमुख कार्य रहेकाेले यस्ताे शैक्षिक क्रियाकलापले शिक्षा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा सृजना गर्ने, विध्यार्थीकाे प्रतिभालाई प्रस्फुटित गर्ने र समग्र शैक्षिक विकासमा टेवा पुर्याउने बताउनु भयाे ।

कार्यक्रममा तेस्राे खेलकुद महाेत्सवमा नगरस्तरीलय फुटलबल प्रतियाेगितामा विजयी हुने प्रगति मावि र उपविजेता रक्सल एकेडेमी, क्रिकेट तर्फ विजेता भुटनदेवी मावि, उपविजेता श्रमिक मावि, भलिवल तर्फ विजेता कृष्ण आदर्श मावि, उपविजेता ज्याेति मावि, बास्केटबल तर्फ विजेता नवाेदय शिशु सदन र उपवपजेता कमाने एकेडेमीलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएकाे थियाे ।

त्यस्तै वडास्तरमा एथलेटिकका विभिन्न विधाहरू, शिक्षक तर्फ ५ ए साईड विजेता नवाेदय मावि, उपविजेता ब्रम्हदीक मावि, टग अफ वारका विजेता भुटनदेवी मावि, उप विजेता आधुनिक माविलाई पुरस्कृत गरिएकाे थियाे । सम्पूर्ण खेल महाेत्सवमा वडा प्रथम हुन सफल भुटनदेवी माविलाई पुरस्कृत गरिएकाे शैक्षिक गुणस्तर सुधार समितिका संयाेजक श्रीराम दाहालले जानकारी दिनुभयाे ।

कार्यक्रममा वडास्तरीय वादविवाद, कविता, हाजिरी जवाफ, निबन्ध, नेपाली हिज्जे र बक्तृत्वकला प्रतियाेगितामा विजेता र उपविजेतालाई पुरस्कृत गरिएकाे थियाे । सबै प्रतियाेगितामा करिव १२ सय विध्यार्थीले प्रतियाेगितामा भाग लिएकाे र विजेता र उपविजेता पुरस्कृत करिव ३ सय विध्यार्थी रहेकाे खेलकुद कार्यक्रम संयाेजक राजाराम पाेखरेलले जानकारी दिनुभयाे ।

वडास्तरमा कक्षा ८ काे परिक्षामा चार जिपिए ल्याउने भुटनदेवी मावि ४ जना, बम्हदीक एकेडेमी ४ जना र नवाेदय माविका ३ जना प्रत्येक विध्यार्थीलाई रू पाँच हजार र विषयगत ७ जना शिक्षकलाई रू १० हजार नगर पुरस्कार र प्रमाणपत्रसहित सम्मान र पुरस्कृत गरिएकाे वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँले जानकारी दिनु भयाे ।

कार्यक्रममा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले विगत वर्षदेखि नै वडा कार्यालयले विध्यार्थी र शिक्षक केन्द्रीत शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आईरहेकाे बताउनु भयाे । उहाँले शिक्षामा प्रतिफल प्राप्त गर्न शिक्षामा लगानी अभिवृद्वि गर्नुपर्ने र सामुदायिक र संस्थागत विध्यालयबीचमा सहकार्य र यस्ताे कार्यक्रमकाे माध्यमद्वारा शिक्षक र विध्यार्थीलाई स्वस्थ प्रतिस्पर्धी बनाउन सके शिक्षामा सुधार गर्न सकिने बताउनु भयाे ।

हामीले केवल सम्मान र पुरस्कृत मात्र गरिरहेका छैन शिक्षालाई सबै तहकाे सरकारले लगानी अभिवृद्वि गर्न अभियान, जागरण र दवाव पनि सृजना गरिरहेका छाै, सिग्देलले भन्नुभयाे । कार्यक्रममा १० नं. वडा अध्यक्ष फूर्वादाेर्जे लामा, ११ नं. वडा अध्यक्ष जुना दाहाल, राष्ट्रिय परीक्षा बाेर्ड हेटाैँडाका प्रमुख बद्रि पाठक, वडा सदस्य गीता त्रिपाठी, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चाैलागाई,  श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरे, आधुुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगाेपाल श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।