हेटौँडा । चाडपर्वको खुसी आफूमा मात्रै सीमित नराखी अरूसँग पनि बाँड्नुपर्छ भन्ने सन्देशसहित युवा व्यवसायी तथा समाजसेवी प्रभाकर पौडासैनीले मामाघर नेपाललाई एक महिनाका लागि मासु सहयोग गर्नुभएको छ।
हेटौँडा उपमहानगरपालिका–११ स्थित मामाघर नेपालमा आश्रित बालबालिकाको खानपानमा सहयोग पुर्याउने उद्देश्यले पौडासैनीले उक्त सहयोग गर्नुभएको हो।
चाडपर्वका बेला सबैले खुसी र उत्साहका साथ पर्व मनाउने वातावरण बनाउन सहयोगी हातहरू अघि बढ्नु सकारात्मक भएको छ। यस्ता मानवीय सहयोगले असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको जीवनमा खुसी थप्नुका साथै सामाजिक सेवाप्रतिको भावना पनि अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
‘चाडपर्वको खुसी आफूमा मात्रै होइन, अरूसँग पनि बाँडौँ’ भन्ने भावनालाई आत्मसात् गर्दै गरिएको यस सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश दिएको छ।

















