समाज परिवर्तनका लागि एकजुट हुन सामाजिक अभियन्ता महतको आग्रह

Image

हेटौँडा । समाजमा सकारात्मक परिवर्तन ल्याउन इच्छुक नगरवासीलाई एकजुट भएर सामूहिक अभियानमा जोडिन सेवा सहयोग आवाज नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले आग्रह गर्नुभएको छ।

समाज निर्माणमा आफ्नो समय, विवेक, चेतना र अनुभव उपयोग गर्दै सकारात्मक परिवर्तनका लागि योगदान दिन इच्छुक व्यक्तिहरूसँग भेटघाट तथा संवाद गर्ने उद्देश्य रहेको महतले बताउनुभएको छ।

उहाँका अनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको हितका लागि सोच्ने, छलफल गर्ने र सामूहिक रूपमा काम गर्ने संस्कृतिको विकास गर्न आवश्यक छ। सकारात्मक सोच भएका व्यक्तिहरूलाई एकजुट गरी सामूहिक प्रयासबाट समाजमा सकारात्मक पहल र परिवर्तनको जग बसाल्न सकिने उहाँको भनाइ छ।

‘समाज परिवर्तन एक्लो प्रयासले मात्र सम्भव हुँदैन, असल सोच र सामूहिक सहभागिताबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुन्छ,’ महतले भन्नुभयो।

समाजका लागि केही गर्ने सोच, समय र इच्छाशक्ति भएका नगरवासीलाई अभियानमा सहभागी भई हातेमालो गर्न उहाँले आह्वान गर्नुभएको छ।

अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले ९८५५०१२१६६ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।