Khabar Board
Flash logo up side
flash header

आईपीएलमा ‘जूनियर मलिंगा’को ड्रिम डेब्यू, पहिलो बलमै लिए महत्वपूर्ण विकेट

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) श्रीलंकाका युवा तीव्र गतिका बलर मथीशा पाथिरानाले डेब्यू गरेका छन् । चेन्नई सुपर किंग्स (सिएसके) मा रहेका उनले आज गुजरात टाइटन्सविरुद्ध डेब्यू गरेका हुन् ।

१९ वर्षीय पाथिरानाले डेब्यू खेलको पहिलो बलमै महत्वपूर्ण विकेट लिन सफल भएका छन् । उनले शुभमन गिललाई एल्बीडब्लू धरापमा पार्दै उत्कृष्ट सुरुवात गरे । पाथिराना ‘जूनियर मलिंगा’को नामले पनि परिचित छन् । मलिंगाको शैलीमा बलिङ गर्ने भएकाले पाथिरानालाई ‘जूनियर मलिंगा’को उपमा दिइएको हो ।

ल्सिथ मलिंगा आईपीएलका सर्वाधिक सफल बलरममध्ये एक हुन् । अब उनकै गतिमा पाथिरानाले सफलता हासिल गर्छन् वा गर्दैनन् आगामी दिनमा थाहा हुने नै छ । आइपिएलमा गरेको सुरुवातले भने पाथिरानाले राम्रो संकेत देखाएका छन् ।

Center article

जरी सिजनको ६२ औं म्याचमा चेन्नई सुपर किंग्स (सिएसके) ले गुजरात टाइटन्सलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३३ रन बनायो ।

उसका लागि ऋतुराज गायकवाडले अर्धशतकीय पारी खेले । ४९ बलमा चार चौका र एक छक्का हिर्काएका उनले ५३ रन बनाए । त्यस्तै, नारायण जगदीशनले अविजित ३९, मोइन अलीले २१ र कप्तान महेन्द्रसिंह धोनीले सात रनको योगदान दिए । डेभन कन्वे ५ रनमा आउट भए ।

गुजरातका लागि मोहम्मद शामीले दुई, राशिद खान, अल्जारी जोसेफ र रविसारनिवासन साई किशोरले एक–एक विकेट लिए । जारी सिजनमा नवप्रवेशी गुजरात प्लेअफ प्रवेश गरिसकेको छ । चेन्नई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले १२ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.