हैदराबादले दियो मुम्बईलाई विशाल लक्ष्य, त्रिपाठी र पूरनले गरे चौका/छक्काको वर्षा

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६५ औं खेलमा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई १९४ रनको लक्ष्य दिएको छ । वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनायो ।

उसका लागि राहुल त्रिपाठीले उत्कृष्ट पारी खेले । उनले ४४ बलमा नौ चौका र तीन छक्कासहित ७६ रन बनाए । रियान गर्गले २६ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४२ रनको पारी खेले । निकोलश पूरनले २२ बलमा तीन छक्का र दुई चौकासहित ३८ रनको योगदान दिए ।

मुम्बईका लागि रमनदीप सिंहले तीन, जसप्रित बुमराह, रिली मेरिडिथ र डानियल साम्सले एक/एक विकेट लिए । प्लेअफ सम्भावना कायमै राख्न हैदराबादले मुम्बईलाई हराउनैपर्ने हुन्छ । उसले १२ म्याच खेल्दा पाँचमा जित र सात खेलमा हार बेहोरेको छ । मुम्बई भने प्लेअफ दौडबाट बाहिरिसकेको छ ।