द. अफ्रिकासँगको टी-२० सिरिजका लागि भारतको टोली घोषणा, कार्तिकले पनि गरे कमब्याक

Image

काठमाडौं ।

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ । भारतीय कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आज केएल राहुलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । यो सिरिजमा नियमित कप्तान रोहित शर्मालाई विश्राम दिइएको छ ।

साथै, विराट कोहलीलाई पनि टी–२० सिरिजमा राखिएको छैन । सूर्यकुमार यादवले चोटका कारण टिममा स्थान बनाउन सकेनन् । विकेटकिपर/ब्याटर दिनेश कार्तिकले टिममा कमब्याक गरेका छन् ।

जारी सिजनको आइपिएलमा शानदार प्रदर्शन गरेपछि उनले टिममा कमब्याक गरेका हुन् । युवा तीव्र गतिका बलर उमरान मलिक र अर्शदीप सिंहले पहिलोपटक टिममा मौका पाएका छन् । साथै, विराट कोहलीलाई पनि टी–२० सिरिजमा राखिएको छैन ।

भारतीय टी–२० टिम : केएल राहुल (कप्तान), ऋतुराज गायकवाड, इशान किशन, दीपक हूडा, श्रेयस अय्यर, ऋषभ पन्त (उपकप्तान), दिनेश कार्तिक, हार्दिक पाण्ड्या, वैंकटेश अय्यर, युजवेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, रवि बिश्नोई, भुवनेश्वर कुमार, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक ।