इंग्ल्याण्डसँगको टेष्टका लागि भारतको टोली घोषणा, यी खेलाडीले पाए मौका

Image

काठमाडौं ।

इंग्ल्याण्डमा हुने पाँचौं टेष्ट खेलका लागि भारतीय टोलीको घोषणा भएको छ । यो खेल एजब्यास्टनमा हुनेछ । गत वर्ष भएको पाँच टेस्टको शृङ्खलाका बाँकी खेल जुलाईमा खेलिन लागिएको हो ।

त्यतिबेला कोरोना भाइरसका कारण खेल हुन सकेन । भारतीय टेष्ट टिममा चेतेश्वर पुजारा फर्किएका छन् । काउन्टी क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई मौका दिइएको हो । अजिंक्य रहाणेले भने कमब्याक गर्न सकेनन् ।

टोलीको कप्तान रोहित शर्मा र उपकप्तान केएल राहुल हुनेछन् । टेस्ट क्रिकेटमा कप्तानको रूपमा रोहित शर्मा पहिलोपटक विदेशी भूमिमा अवतरण गर्दैछन् । यसअघि उनी भारतमा श्रीलंकाविरुद्धको दुई टेस्टको सिरिजमा कप्तान थिए ।

चेतेश्वर श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि टिममा परेका थिएनन् । त्यसपछि उनले रणजी ट्रफी खेल्ने निर्णय गरे । र, पछि उनी काउन्टी खेल्न इङ्गल्याण्ड गए। त्यहाँ पुजाराले चार खेलमा लगातार चार शतक बनाए । जसमा दुई दोहोरो शतक सामेल छन् ।

इंग्ल्याण्डसँगको पाँच खेलको टेष्ट सिरिजमा भारतीय टोली २–१ ले अगाडि छ । यो सिरिजमा इङ्ल्यान्ड र भारत दुवैले नयाँ कप्तान पाउनेछन् । इङ्ल्यान्डको तर्फबाट बेन स्टोक्स र भारतका लागि रोहित शर्मा मैदानमा हुने छन् । यो खेल विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलाइने छ ।

भरतको टेष्ट टोली : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हनुमा विहारी, चेतेश्वर पुजारा, ऋषभ पन्त, केएस भरत, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, शार्दुल ठाकुर, मोहम्मद शामी, जसप्रित बुमराह, मोहम्मद सिराज, उमेश यादव, प्रसिद्ध कृष्णा ।

द. अफ्रिकासँगको टी-२० सिरिजका लागि भारतको टोली घोषणा

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ । भारतीय कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आज केएल राहुलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । यो सिरिजमा नियमित कप्तान रोहित शर्मालाई विश्राम दिइएको छ ।

साथै, विराट कोहलीलाई पनि टी–२० सिरिजमा राखिएको छैन । सूर्यकुमार यादवले चोटका कारण टिममा स्थान बनाउन सकेनन् । विकेटकिपर/ब्याटर दिनेश कार्तिकले टिममा कमब्याक गरेका छन् ।

जारी सिजनको आइपिएलमा शानदार प्रदर्शन गरेपछि उनले टिममा कमब्याक गरेका हुन् । युवा तीव्र गतिका बलर उमरान मलिक र अर्शदीप सिंहले पहिलोपटक टिममा मौका पाएका छन् । साथै, विराट कोहलीलाई पनि टी–२० सिरिजमा राखिएको छैन ।

भारतीय टी–२० टिम : केएल राहुल (कप्तान), ऋतुराज गायकवाड, इशान किशन, दीपक हूडा, श्रेयस अय्यर, ऋषभ पन्त (उपकप्तान), दिनेश कार्तिक, हार्दिक पाण्ड्या, वैंकटेश अय्यर, युजवेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, रवि बिश्नोई, भुवनेश्वर कुमार, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक ।