काठमाडौं ।
आईपीएलको प्लेअफ र फाइनल खेलमा वर्षा बाधक बने सुपर ओभरबाट नतिजा तय हुनेछ । यदि कुनै पनि म्याच हुन सकेन भने लिग चरणअनुसार तालिकाको शीर्ष स्थानमा रहने टोलीलाई विजेता मानिनेछ । यो प्रक्रिया प्लेअफ र फाइनल खेलहरूमा लागू हुनेछ।
मनसुनले देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति महसुस गरेको छ । कोलकातामा पनि आगामी केही दिनमा भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै खेलको औपचारिक सुरुवातका लागि तोकिएको २ सय मिनेटको अतिरिक्त दुई घण्टा थप गरिएको छ ।
खेलमा ढिलाइ भएमा ओभर नघटाइ ९ः४० बजेसम्म खेल सुरु गर्न सकिनेछ । यसबाहेक अहमदाबादमा आईपीएलको फाइनल खेल बिना ओभर कटिङ राति १०ः१० बजेसम्म सुरु गर्न सकिनेछ । यसपछि सुरुमा ओभर काटिनेछ ।
आईपीएल गाइडलाइन अनुसार प्रत्येक टोलीलाई छोटो म्याचका लागि पाँच ओभर ब्याटिङ गर्ने मौका दिएर पाँच/पाँच ओभरको म्याच आयोजना गर्न सकिन्छ। यदि निर्धारित दिन र परिस्थितिले अनुमति दिएमा पाँच ओभरको खेल पनि हुन सकेन भने खेलको नतिजा सुपर ओभरबाट निकालिनेछ। यो एलिमिनेटर र क्वालिफायर खेलमा लागू हुनेछ ।
यदि मौसमले २९ मे अर्थात् फाइनलमा पनि साथ दिएन भने खेल रिजर्भ डेमा धकेलिनेछ । रिजर्भ डेको खेल तोकिएको समयमा पाँच ओभरको पनि भएन भने परिस्थितिअनुसार सुपर ओभर हुनेछ । यसपालि आइपिएलको प्लेअफमा गुजरात, राजस्थान, लखनउ र बैंग्लोर पुगेका छन् । यी चारमध्ये गुजरात र लखनउले पहिलोपटक आइपिएल खेलिरहेका हुन् ।














