आईपीएल : पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै, यस्तो छ दुवै टिमको सम्भावित–११

Image

काठमाडौं ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज (मंगलबार) गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।​ कोलकत्तामा दुई टोलीबीचको क्वालिफायर खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा सहज जित निकाल्दै दुबै टोली फाइनलमा पुग्ने योजना छन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ। तर, तुलनात्मक हिसावमा राजस्थानभन्दा गुजरात बलियो टोली हो ।

लिग चरणको खेलजमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको थियो । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न खेल्ने छ । गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । यता १८ अंक जोडेर राजस्थानले क्वालिफायरमा खेल्न लागेको हो ।

गुजरातको सम्भावित प्लेइङ–११ : शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), म्याथ्यू वेड, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, रशिद खान, आर साई किशोर, मोहम्मद शामी, लकी फर्ग्युसन र यश दयाल।

राजस्थानको सम्भावित प्लेइङ–११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान/विकेटकीपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, आर अश्विन, ट्रेन्ट बोल्ट, ओबेद म्याकोय, युजवेन्द्र चहल र प्रसिद्ध कृष्ण।