काठमाडौं ।
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्वालिफायरमा प्रवेश गरेको छ । गएराति सम्पन्न एलिमिनेटर खेलमा लखनउ सुपरजायन्ट्स (एलएसजी) लाई १४ रनले हराउँदै बैंग्लोरले क्वालिफायरमा स्थान पक्का गरेको हो ।
यो जितपछि आरसीबीले शुक्रबार क्वालिफायर २ मा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थानलाई हराए बैंग्लोर फाइनलमा प्रवेश गर्नेछ । एलिमिनेटरमा आरसीबीको जितपछि टिमका पूर्वस्टार खेलाडी एबी डिभिलियर्सले ट्विट गरेका छन् । उनले आफ्नो ट्वीटमा तीन शब्द मात्र लेखेका छन् । उनले लेखेका छन्, ‘आरसिबी, आरसिबी, आरसिबी ।’
लखनऊ सुपरजाइन्ट्स र आरसीबीबीचको खेलको बारेमा कुरा गर्दै, लखनउले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो। फास्ट बलर मोहसिन खानले लखनउलाई उत्कृष्ट सुरुवात गराए र आरसीबीका कप्तान फाफ डु प्लेसिसलाई पहिलो ओभरमै प्याभिलियन पठाए।
तर, रजत पाटीदारले उत्कृष्ट शतक प्रहार गर्दै खेललाई नै उल्टो पारे । उनले ११२ रनको इनिङ खेले । रजत पाटीदारको शतकमा आरसीबीले २० ओभरमा २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याउँदै लखनउको सुरुवात खराब रह्यो ।
आरसिबी पछिल्लो तीन सिजनयता लगातार प्लेअफमा पुगिरहेको छ । तर, २०२० र २०२१ मा आरसिबी एलिमिनेटर खेलमै पराजित भयो । यसपटक भने आरसिबी क्वालिफायर–२ मा पुग्न सफल भएको छ । एलिमिनेटरमा आरसीबी विजयी भएपछि डिभिलियर्स खुसी छन् । उनले जितमा सामाजिक सञ्जालमार्फत आरसिबीलाई बधाई तथा शुभकामना दिइरहन्छन् ।














