Khabar Board
Flash logo up side
flash header

यूएईमा हुने क्रिकेट लिगको नाम सार्वजनिक, खर्चको मामलामा आईपीएलपछिकाे दोस्रो

Nirbachan m

काठमाडौं ।

यूएईमा ६ टोलीबीच हुने टी–२० सिरिजको नाम सार्वजनिक भएको छ । यसलाई अन्तर्राष्ट्रिय टी–२० लिग नाम दिइएको छ । यसका साथै प्रतियोगिता सुरु हुनेबारे पनि महत्वपूर्ण घोषणा गरिएको छ । आगामी ६ जनवरीबाट प्रतियोगिता सुरु हुनेछ । फाइनल खेल १२ फेब्रुअरीमा हुनेछ ।

प्रतियोगितामा कुल ३४ खेल खेलिने छन् । यी खेलहरू दुबई, आबुधाबी र शारजाहमा आयोजना हुनेछन्। यूएईमा हुने लिगमा नाइट राइडर्स समूहका शाहरुख खान, रिलायन्सका मुकेश अम्बानी, अदानी समूहका गौतम अदननी, म्यानचेस्टर युनाइटेडको ग्लेजर परिवार, दिल्ली क्यापिटल्सका किरणकुमार ग्रन्थी र क्याप्री ग्लोबलका राजेश शर्माको स्वामित्वका टिम हुनेछन् ।

सबै टोलीहरूले खेलाडी अनुबन्धका लागि २० लाख अमेरिकी डलर खर्च गर्न पाउनेछन् । यो फ्रेन्चाइजमा आधारित लिगहरूमा आईपीएलपछि दोस्रो स्थानमा छ । अन्य लिगमा खेलाडीका लागि यति ठूलो रकम खर्च हुँदैन । अदानी र अम्बानीजस्ता ठूला नामका कारण रकम बढी हुने अनुमान गरिएको छ ।

भुटानमाथि नेपाल विजयी, मनिषाको अविश्वसनीय बलिङ

Center article

आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत भुटानविरुद्ध नेपाल ४ विकेटले विजयी भएको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले कतारलाई हराएको थियो । दोस्रो खेलमा भने नेपाल यूएईसँग १० विकेटले पराजित हुन पुगेको थियो ।

आफ्नो तेस्रो खेलमा भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि सानु राजवंशीले अविजित ३० र सना प्रवीणले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भुटानका लागि सांगे ए वाङ्मोले सर्वाधिक तीन विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि नाङ्वाङ छोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११/११ रन बनाए ।

नेपालका लागि कृतिका मरासनी, मनिषाकुमारी उपाध्याय, अनु कडायतले दुई/दुई र स्नेहा महराले एक विकेट लिए । बलिङबाट मनिषा उपाध्ययले महत्वपूर्ण योगदान दिइन् । ४ ओभरमा दुई मेडनसहित ३ रन मात्र खर्चिएकी उनले भुटानका दुवै अ‍ोपनरलाई आउट गरिन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.