काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । छिमेकी देश भारतमा क्रिकेटको प्रगती व्यापक छ । र, त्यहाँ खेलाडीको कुनै कमी छैन । भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु निकै ठूलो उपलब्धि हो ।
भारतीय टिममा रहेका धेरै खेलाडी निम्न आर्थिक स्थितिको सामना गर्दै यहाँसम्म आइपुगेका हुन् । तर, केही यस्ता खेलाडी पनि छन्, जो सुरुदेखि नै धनाढ्य थिए । तिनै धनाढ्य खेलाडीमध्ये एक हुन्– मयंक अग्रवाल । उनी करोडौंको सम्पत्तिका मालिक हुन् । मयंकका बुबा सिईओ र ससुरा प्रहरी महानिर्देशक (डीजीपी) हुन् । मयंकी श्रीमती पेसाले वकिल हुन् ।
मयंकले आईपीएल २०२२ मा पञ्जाब किंग्सको कप्तानी गरे । उनलाई करोडौं मूल्यमा पञ्जाबले कप्तान बनाउन रिचटेन गरेको थियो । तर, मयंकको प्रदर्शन सोचेअनुरूप हुन सकेन । यद्यपि विगतमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । मयंकले धेरैपटक भारतका लागि पनि महत्वपूर्ण पारी खेलिसकेका छन् ।
मयंकलाई यो अवस्थासम्म पुर्याउनुमा उनका बुबको ठूलो हात छ । मयंकका बुबा अनुराग अग्रवाल एक हेल्थकेयर कम्पनीका सिईओ हुन् । उनकी आमा सुचित्रा सिंह गृहिणी हुन्। मयंकले आफ्नो बाल्यकालको साथीसँग विवाह गरे । उनी श्रीमती आशिता सुद पेसाले वकिल हुन्। मयंकका ससुरा प्रवीण सूद प्रहरी आयुक्त । उनी हाल कर्नाटकका डिजीपी छन्।
आईपीएल २०२२ मा पञ्जाबले मयंकलाई १२ करोडमा रिटेन गरेको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनको कुल सम्पत्ति करिब ३.५ मिलियन अमेरिकी डलर अर्थात् २६ करोड भारु रहेको छ । मयंकले बीसीसीआई तलब, आईपीएल र आफ्नो व्यक्तिगत व्यवसायबाट यो रकम कमाएका हुन् ।
मयंक बैंगलोरमा रहेको लक्जरी डिजाइनर घरका मालिक हुन्। यसबाहेक उनी अग्रवालको धेरै ठाउँमा जग्गा छ । मयंकलाई सन् २०१८ मा पहिलोपटक भारतीय टोलीमा समावेश गरिएको थियो । उनले सन् २०१८ को डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट खेलेका थिए ।















