एएफसी एसियन कप छनोटका लागि नेपालको सुरुआती-११ सार्वजनिक

Image

काठमाडौं ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा जोर्डनविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती(११ सार्वजनिक भएको छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नवयुग श्रेष्ठको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डनपछि जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

नेपालको सुरुआती:११

दीप कार्की, सुमन अर्याल, विकास तामाङ, बिकाश खवास,गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुरज ज्यु ठकुरी, सेसेहाङ आङ्गदेम्बे,आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ