काठमाडौं ।
घरेलु टोली श्रीलंकाविरुद्धको टी–२० सिरिज अस्ट्रेलियाले एक खेल अगावै जितेको छ । गएराति भएको दोस्रो खेलमा श्रीलंकालाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले एक खेल अगावै सिरिज २–० ले जितेको हो ।
दोस्रो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि म्याथ्यू वेडले अविजित २६, कप्तान आरोन फिन्चले २४, डेविड वार्नरले २१, ग्लेन म्याक्सवेलले १९ र मिचेल मार्शले ११ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक चार, नुवान तुषारा र दुश्मन्था चामेराले एक/एक विकेट लिए ।
त्यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनायो । उसका लागि चारिथ असलंकाले सर्वाधिक ३९ र कुशल मेन्डिसले ३६ रन बनाए । बाँकी ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
अष्ट्रेलियाका लागि केन रिचर्डसनले सर्वाधिक चार, झय रिचडर्सनले तीन र ग्लेन म्याक्सवेलले एक विकेट लिए । श्रीलंका–अष्ट्रेलियाबीचको तेस्रो टी–२० शनिबार हुनेछ ।















