काठमाडौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्यिर सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

















