हेटौंडा– अखिल नेपाल व्युटिसियन श्रमिक संघको अध्यक्षमा कुमारी तितुङ चयन भएकी छिन् ।
हेटौंडामा गरिएको संघको प्रथम जिल्ला सम्मेलनले तितुङलाई अध्यक्ष पदमा चयन गरेको हो । यसै गरी संघको जिल्ला उपाध्यक्षमा पार्वती माझी, सचिवमा साजनी माझी, सहसचिवमा लक्ष्मी लामा र कोषाअध्यक्षमा प्रमिला नेम्वाङलाई चयन गरिएको हो । सदस्यहरुमा निमा लामा, सरिता घिमिरे, रिमा लटौलालगायत पच्चिस सदस्यीय कमिटि चयन भएका छन् ।

अन्जु तुमसिङ मगरको सभादक्षयतामा भएको प्रथम जिल्ला सम्मेलनमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री मुक्तानले सौन्र्दय पेशालाई मर्यादित बनाउन दक्ष जनशक्तिको खाँचोपर्ने बताइन् । उनले दक्षता हा“सिल गर्न सिप सिक्नु पर्ने, सिपलाई व्यवहारमा उर्तानुपर्ने बताइन् ।
कार्यक्रमा अखिल नेपाल व्युटिसियन श्रमिक संघकी केन्द्रीय अध्यक्ष सावित्रा आचार्य, जिल्ला विकास समन्वय समितिका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदसीय प्रमिला लामा, जिल्ला संयोजक भिम पाख्रिन, जिल्ला सचिव विरबहादुर घलान, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामशरण घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

















