गृहमन्त्री रविले बोलेपछि उठे कांग्रेसका सांसदहरू, प्रतिनिधिसभा बैठक स्थगित

Image

काठमाडौं । प्रतिनिधिसभा वैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि सांसद अवरोध गरेका छन् । रविले बोल्दा आआफ्नो आसनमा बसेका कांग्रस संसदहरु फेरि आसनबाट उठेका हुन् ।

सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरिएको बताए । उनले आजको बैठक यत्तिकै स्थगित गरेका छन् । अर्को बैठक जेठ ७ गते सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।