इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक, यी प्रमुख खेलाडी टोलीमा परेनन्

Image

काठमाडौं । इंग्ल्यान्डले आगामी महिना जुनदेखि सुरु हुने युरो–२०२४ को निम्ति राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।

टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट घोषणा गरेको टिममा दुई ठूला नाम मार्कुस रासफोर्ड र लिभरपुलका पूर्वकप्तान समेत रहेका जोर्डन हेन्डर्सन छैनन् ।  तर सन् २०१६ देखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका साउथगेटले कर्टिस जोन्स, जेरेल क्वान्साह, एडम व्हार्टन, कोबी माइनु जस्ता युवा खेलाडीहरुलाई प्रतियोगिता अघि केहि मौका दिँदै टोलीमा राख्ने-नराख्ने निर्णय लिएका छन् ।

इंग्ल्याण्डले आजसम्म युरोपियन च्याम्पियनसिप उपाधि जित्न सकेको छैन । इंग्ल्याण्डले १९६६ मा विश्वकप जितेयता कुनै अन्तराष्ट्रिय उपाधि जित्न सकेको छैन । यूरोमा सहभागी सबै टोलीले जुन ७ सम्ममा २६ सदस्यीय टोली घोषणा गर्नुपर्नेछ ।

यस सिजन स्वभाविक लयका निम्ति संघर्षरत रासफोर्डले म्यानचेस्टर युनाइटेडबाट ४२ खेल खेल्दा आठ गोलमात्र गरे । गत सिजन राफोर्डले ५६ खेल खेल्दा ३० गोल गरेका थिए ।

प्रारम्भिक टिममा प्रशिक्षक साउथगेटले चार गोलकिपर, ११ रक्षक, ६ मिडफिल्डर र १२ फरवार्ड राखेका छन् । युरो–२०२४ इंग्ल्यान्ड समूह ‘सी’ मा छ । यो समूहमा इंग्ल्यान्डसँगै स्लोभानिया, डेनमार्क र सर्विया छन् ।

इंग्लान्डको प्रारम्भिक टिम :

गोलकिपर : डिन हेन्डर्सन, जोर्डन पिकफोर्ड, आरोन राम्से, जेम्स ट्राफोर्ड

रक्षक : जाराड ब्रेथवेट, लेविस डंक, जोय गोमेज, मार्क गुएही, एज्री कोन्सा, ह्यारी मग्वायर, जारेल क्वान्साह, लुक स, जोन स्टोनस, किरन ट्रिपियर, काइल वाल्कर

मिडफिल्डर : ट्रेन्ट एलेसान्डर अर्नाल्ड, कोनो गालाघेर, कर्टिस जोनस, कोबी माइनो, डेक्लान राइस, एडम वार्टोन

फरवार्ड : जुड बेलिङ्घम, जारोड बोवेन, एबेरेची एजे, फिल फोडेन, ज्याक ग्रिलिस, एन्थोनी गोर्डोन, ह्यारी केन, जेम्स म्याडिसन, कोल पाल्मेर, बुकायो साका, इभान टोनी र ओली वाट्किन्स

यो पनि : मेस्सीको कप्तानीमा अर्जेन्टिनाको प्रारम्भिक टिम घोषणा, यी प्रमुख खेलाडीले पाएनन् मौका

यो पनि : रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा, यी स्टार खेलाडीले पाए माैका