मेस्सीको कप्तानीमा अर्जेन्टिनाको प्रारम्भिक टिम घोषणा, यी प्रमुख खेलाडीले पाएनन् मौका

Image

एजेन्सी । अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । कोपा अमेरिकाका लागि अन्तिम टोलीमा २६ खेलाडीहरू समावेश हुनेछन् ।

लिओनल मेस्सीको कप्तानीमा कोपा खेल्न लागेको अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको रोमा युरोपा लिगको सेमीफाइनलबाट बाहिरिएको थियो । तर उनी लियोनेल स्कालोनीको कोपा अमेरिका टोलीमा परेनन् । एक समय लियोनेल मेस्सीको उत्तराधिकारीका रूपमा हेरिएका ३०-वर्षीय डिबालाले अर्जेन्टिनाका लागि ३८ खेल मात्र खेल्दै ३ गोल गरेका छन् ।

प्रतियोगिताको तयारीका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीले इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ । संयुक्त राज्य अमेरिकामा जुन २० देखि जुलाई १४ सम्म हुने २०२४ कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाले क्यानडा, चिली र पेरुविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

अर्जेन्टिनाको प्रारम्भिक टोली : 

गोलकिपर: फ्रान्को अरमानी, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज

डिफेन्डर : गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, लियोनार्डो बलार्डी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लुकास मार्टिनेज, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस टाग्लियाफिको, भ्यालेन्टीन बारको

मिडफिल्डर : गुइडो रोड्रिग्वेज, लिआन्ड्रो परेडिस, एलेक्सिस म्याकअलिस्टर, रोड्रिगो डे पल, एक्क्विएल पलासिओस, एन्जो फर्नान्डेज, जियोवानी लो सेल्सो

फरवार्ड : एन्जल डि मारिया, भ्यालेन्टीन कार्बोनी, लिओनल मेस्सी, एन्जल कोरिया, एलेजान्ड्रो गार्नाचो, निकोलस गोन्जालेज, लाउटारो मार्टिनेज र जुलियन अल्भारेज ।

यो पनि : रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा, यी स्टार खेलाडीले पाए माैका

यो पनि : इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक, यी प्रमुख खेलाडी टोलीमा परेनन्