आईपीएल फाइनलमा हैदरावादका दुबै ओपनर २ ओभरमै आउट

Image

एजेन्सी । आईपीएलको फाइनल खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच चेपौक रंगशालामा हुँदैछ । हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ ।

टोलीले ३ ओभरमा २ विकेट गुमाएर १५ रन बनाएको छ । राहुल त्रिपाठी र एडेन मार्कराम क्रिजमा छन् । ट्राभिस हेड शून्य रनमा आउट भए । उनलाई वैभव अरोराले विकेटकिपर गुरबाजको हातबाट क्याच आउट पारे ।

मिचेल स्टार्कले पहिलो ओभरमा हैदरावादलाई स्तब्ध पारे । उनले अभिषेक शर्मा (२ रन) लाई योर्करमा बोल्ड गरे। यस सिजनको क्वालिफायर–१ पनि यी दुई टोलीबीच भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो ।