काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को वाम अप खेलमा नेपाल र अमेरिका भिड्दैछन्।
अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको छ। तर खेल सुरु हुनु भन्दा २० मिनेटअघि मैदानमा भारी वर्षा भएको छ। जसका कारण पिच कभर गरिएको छ।
वार्म अप खेल भएकाले दुवै टोलीले आफ्नो सबै १५ खेलाडी प्रयोग गर्न पाउने प्रावधान छ । नेपालले पछिल्लो खेलमा १२ खेलाडी प्रयोग गरेको थियो ।
नेपालले वार्म अपको पहिलो खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो । त्यस्तै अमेरिकाको बंगलादेशविरुद्ध हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो ।




Pic : Andrew Leonard













