एजेन्सी । प्राय: राति सुत्दा हामी सपना देख्छौं र कहिले काहीँ हामीले सपनामा यस्ता घटनाहरू देख्छौं, त्यो देख्ने बित्तिकै हामी निद्रामा नै तर्सिने गछौं । यी मध्ये एउटा सपना यस्तो छ कि कसैलाई हेर्न मन लाग्दैन र मान्छेहरु डराउँछन् ।
वास्तवमा, निद्रामा आफ्नो मृत्यु वा परिवारका सदस्यहरूको मृत्यु देख्दा धेरै पटक मानिस डराउँछ । यो सपनाको विशेष अर्थ ज्योतिषमा उल्लेख गरिएको छ ।
यस्ता सपना प्राय: हरेक व्यक्तिले जीवनमा कुनै न कुनै बेला देख्छन् र यस्तो सपना देखेपछि डराउनु स्वाभाविक हो । तर मानिसहरूले चिन्ता लिनु पर्दैन, किनभने यसलाई शुभ सपना मानिन्छ ।
यो सपना को अर्थ के हो ?
ज्योतिषका अनुसार सपनामा आफूलाई मरेको देख्नुभयो भने बुझ्नुपर्छ कि उमेर बढेको छ, त्यसैले यस्ता सपना देख्नु निकै शुभ मानिन्छ । मृत्यु भनेको तपाईको जीवनबाट अशुभ चीजहरूको अन्त्य हो ।
तपाईंले आफ्नो नजिकको व्यक्ति वा आफ्नो परिवारको कुनै सदस्यको मृत्यु भएको देख्नु भएको छ भने यो उनीहरूको उमेर बढेको संकेत हो । केही नयाँ शुरुवात वा कुनै नयाँ शुभ चिज उनीहरुलाई पर्खिरहेको हुन्छ ।
यसले तपाईंको घर र परिवारमा खुशीको वातावरण सिर्जना गर्नेछ । तसर्थ, यस्तो सपना देखेपछि चिन्ता लिनु पर्ने कुरा छैन । बरु, यस्तो सपना देखेपछि, तपाईं पूर्ण रूपमा ढुक्क र खुशी हुनुपर्छ ।