बैतडीमा लागू औषध खैरो हेरोइनसहित एकजना पक्राउ

Image

बैतडी । बैतडीमा लागू औषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा नं ५ का २२ बर्षीय विरेन्द्र रावल रहेका छन् । रावललाइ प्रहरीले शनिबार साँझ सीमा नाका झुलाघाटबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बिओपीबाट खटिएको संयुक्त टोलीले रावललाई भारतबाट फर्कने क्रममा चेकजाँच गर्दा खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

कागजको पुडियामा मुखभित्र राखेको अवस्थामा २ सय मिलिग्राम लागू औषध खैरो हेरोइनसहित रावल पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

पक्राउ परेका रावलमाथि लागू औषध मुद्दामा अनुसन्धान अगाडि बढाइने र आज अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान गरिने प्रहरी निरीक्षक केसीले जानकारी दिए ।