Khabar Board
Flash logo up side
flash header

शिक्षक सेवा आयोगले लिने परीक्षाको उत्तरपुस्तिकामा परिवर्तन, यस्तो छ नयाँ निर्णय

Nirbachan m

काठमाडौं । 

शिक्षक सेवा आयोगले लिने एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भएको छ । आयोगको पाठ्यक्रमअनुसार विषयगत प्रश्नमा खण्ड (क) र खण्ड (ख) मा पाँच–पाँचवटा गरी १० वटा प्रश्न सोधिनेछ । ती प्रश्नको उत्तर अलगअलग उत्तरपुस्तिकामा लेख्नुपर्ने निर्णय गरिएको आयोगका उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिए।

आयोगले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुला प्रतियोगिताको लिखित परीक्षा (विषयगत) यही असार ९, ११ र १२ गतेका लागि तोकेको छ । आयोगले जारी गरेको सूचनामा उल्लेख छ, ‘विषयगत प्रश्नपत्रमा रहेका खण्ड (क) र (ख) मा पाँचपाँच वटा प्रश्नहरूको उत्तर अलग अलग दुई उत्तरपुस्तिकामा लेख्नुहुन र उत्तरपुस्तिकाको अग्रपृष्ठमा उल्लिखित उत्तरपुस्तिका खण्डमा देखिने गरी जुन खण्डको उत्तर लेखेको हो सोही खण्डमा जनाउनु हुन सबै उम्मेदवारलाई सूचित गरिन्छ।’

दुवै खण्डको उत्तर एउटै उत्तरपुस्तिकामा लेखेमा वा मिसाएर लेखेमा परीक्षा रद्द हुने सूचनामा उल्लेख छ । आयोगले परीक्षा केन्द्रले समेत उत्तरपुस्तिकाको पोका बनाउँदा रोल नम्बरका क्रममा खण्ड अनुसार अलगअलग पोका बनाई दुवै पोकालाई ठूलो पोकामा राखी आयोगमा पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

Center article

सर्वरमा समस्या आए पछि निमावि लाइसेन्सको फारम भर्ने म्याद दुई दिन थप 

शिक्षक सेवा आयोगको वेब सर्वरमा समस्या आए पछि निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने समय थप गरेको छ । आयोगले सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ७ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९ असार १४ गतेसम्म तोकिएकोमा आयोगको अनलाइन एप्लिकेसनमा समस्या आएको हुँदा दुई दिन म्याद थप गरी सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ९ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९ असार १६ गतेसम्म गरेको हो ।

आयोगको वेब सर्वरमा असार ६ गते बिहान करिब १० बजेवाट प्राविधिक समस्या आएको हुँदा पूर्व प्रकाशित सूचना बमोजिम दरखास्त दिने उम्मेद्वारको सुविधालाई ध्यानमा राखी २०७९जेठ ९ मा प्रकाशित विज्ञापनमा तोकिएको म्यादमा २ दिन थप गरिएको जनाएको छ । साथै थपिएको म्याद सकिएको भोलिपल्ट बैकिङ कारोवार हुने समयभित्र तोकिएको राजश्व दस्तुर रकम तोकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्नुहुन आवेदकलाई आग्रह गरेको छ ।

याे पनि हेर्नुस्
1 Comment
  1. Baiju Ram says

    9,11,13 हुनुपर्ने ठाउँमा 9,11,12 लेख्नुभएको छ।

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.