Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापनसहित]

Nirbachan m

धनगढी ।

Center article

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खोलेको छ। नेपाल इन्जिनियर सेवाअन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ। पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ।

यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पद, नेपाल शिक्षा सेवा, पाँचौ तह प्राविधिक सहायक पद र नेपाल शिक्षा सेवातर्फ खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.