हेटौंडा/ मकवानपुरको हेटौँडा १६ मा रहेको जनप्रिय माविमा नेपालका लागि इजारायली महामहिम राजदुत स्मुलिक आरिए वास दम्पत्तिद्वारा आज एकदिवशीय शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेका छन् । भ्रमणले कृषि तथा प्राविधिक शिक्षाका क्षेत्रमा जनप्रिय माविमा प्राविधिक धार अध्ययन गरिरहेका विद्यार्थी र इजरायलबिच अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताए ।
महामहिम बास दम्पत्ति द्वयले जनप्रिय मावि प्राविधिक धारको कृषिबाली स्थल र प्रयोगशालाको अवलोकन गरेका थिए । भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिदै बासले जनप्रियमा अध्ययन गर्ने विद्यार्थी इजराइल गएर फर्किएपछि त्यहा प्राप्त अनुभव नेपालको बिभिन्न क्षेत्रमा साटासाट गर्नुपर्ने धारणा व्यक्त गरे । विद्यालयका तर्फबाट अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बासलाई संक्षिप्त जानकारी गराएका थिए । भ्रमणमा इजरायली महामहिम बाससंगै बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेसहितको उपस्थिति रहेको थियो । कार्यक्रमलाई आरभा नेपाल मोर्डन एग्रिकल्चरले संयोजन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाससंगै धर्मपत्नी मेराभ पेलेभ बास, हेटौँडा उपमहानगरप्रमुख मीना कुमारी लामा,CTEVT कार्यकारी प्रमुख शान्ति लामा, मकवानपुरगढी ६ का अध्यक्ष एवम् आरभा नेपालका अध्यक्ष कृष्णप्रसाद बजगाई, हेटौडा १६ की जनप्रतिनिधि संगिता विक, विव्यस सदस्यहरु गोविन्द दुलाल, इन्द्रप्रसाद खतिवडा, बिन्दा विसक सल्लाहकारहरु श्रीराम खतिवडा, गुञ्जनबहादुर न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका तर्फबाट प्राधानाध्यापक भूपेन्द्र चौलागाई, सहायक रामआशिष मण्डल, सिटिभिटि कार्यक्रम संयोजक डा अनिल सापकोटा, नेपाली माध्यम संयोजक नीर बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले स्वागत गर्नुभएको कार्यक्रमलाई जनप्रिय मिडिया विभाग संयोजक सुनिल गौतमले सञ्चालन गरेका हुन् । महामहिम लगायतका अतिथिहरुलाई विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी र शिक्षकहरुले मार्च पास सहित स्वागत गरेका थिए ।














