निमावि लाइसेन्सबारे शिक्षक सेवा आयोगले जारी गर्यो यस्ताे सूचना (सूचना-सहित)

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीलाई प्रवेशपत्र प्रिन्ट गर्न अनुरोध गरेको छ । सोमबार एक सुचना जारी गर्दै आयोगले यस्तो अनुरोध गरेको हो ।

आयोगका अनुसार निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने भएका हुन् ।

आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले जनाएको छ ।