Khabar Board
Flash logo up side
flash header

शिक्षक सेवा आयोगले खोल्यो प्राथमिक तहको विज्ञापन (विज्ञापन-सहित)

Nirbachan m

काठमाडौँ । शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । ४ हजार ४६२ रिक्त पदका लागि आयोगले विज्ञापन गरेको छ ।

Center article

आयोगले शनिबार एक सूचना जारी गर्दै सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, लगायतका विभिन्न समूहमा गरेर चार हजार ४६२ जना स्थायी शिक्षकका लागि आवेदन माग गरेको हो ।

जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ । योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिनुहुन यो विज्ञापन प्रकाशित गरिएको छ ।

हेर्नुहोस् विज्ञापन

 

 

 

 

 

 

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.