Khabar Board
Flash logo up side
flash header

राजस्थानमाथि दिल्लीको फराकिलो जित, यस्तो बन्यो प्लेअफ दौड

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स ८ विकेटले विजयी भएको छ । राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका लागि मिचेल मार्शले उत्कृष्ट ब्याटिङ गरे । उनले ६२ बलमा सात छक्का र पाँच चौकासहित ८९ रनको आक्रामक पारी खेले । त्यस्तै, प्रारम्भिक ब्याटर डेविड वार्नरले ४१ बलमा पाँच चौका र एक छक्काको सहयोगमा अविजित ५२ रन बनाए ।

उनी र मार्शबीच तेस्रो विकेटका लागि १०१ बलमा १४४ रनको साझेदारी बन्यो । यो जोडीकै विशाल साझेदारीका कारण दिल्ली सहजै विजयी भयो । त्यस्तै, कप्तान ऋषभ पन्तले ४ बलमा दुई छक्का हिर्काउँदै अविजित १३ रन बनाए । केएस भरत भने शून्यमै आउट भए ।

राजस्थानका लागि युजवेन्द्र चहल र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो ।

उसका लागि अलराउन्डर रविचन्द्रन आश्विनले उत्कृष्ट पारी खेले । उनले ३८ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए । टी–२० क्रिकेटमा आश्विनको यो हालसम्मकै उच्च पारी हो । त्यस्तै, देवदत्त पाडिक्कलले ३० बलमा ६ चौका र दुई छक्काको मद्दतमा ४८ रनको योगदान दिए ।

Center article

यशस्वी जैसवाल १९, रियान पराग नौ, जोस बटलर सात र कप्तान सञ्जु सामसन ६ रनमा आउट भए । रस्सीभानडर दुसेन १२ रनमा अविजित रहे । दिल्लीका लागि चेतन सकारिया, एनरिक नोर्टजे र मिचेल मार्शले दुई/दुई विकेट लिए ।

जितसँगै दिल्लीले प्लअफ पुग्ने सम्भावना कायमै राखेको छ । उसले १२ म्याच खेल्दा ६ मा जित र ६ खेलमै हारको सामना गरेको छ । पाँचौं स्थानमा उक्लिएको दिल्लीले अन्तिम चारमा स्थान बनाउन बाँकी दुई खेल पनि जित्नैपर्ने हुन्छ । यता राजस्थान हारका बाबजुद पनि तेस्रो स्थानका कायमै छ । उसले १२ म्याचमा सातमा जित र पाँच खेलमा हार बेहोरेको छ ।

दिल्ली र राजस्थानको म्याचपछि अंक तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.