Khabar Board
Flash logo up side
flash header

ललितानिवास प्रकरणमा मुछिएका मालपोतका पूर्वप्रमुख देउजा पक्राउ

Nirbachan m

काठमाडौँ । ललितानिवास जग्गा हिनामिना प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख कलाधर देउजा पक्राउ परेका छन् । सिआइबीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो ।

Center article

यसअघि सर्वोच्च अदालतले पक्राउ नगर्न दिएको आदेश खारेज भएसँगै उनी पक्राउ परेका हुन् । गत वर्ष १७ जनालाई पक्राउ नगर्न आदेश भएकोमा शुक्रबार सर्वोच्चले उनीहरूको रिट खारेज गरेको हो ।

सिआइबीले गत १२ असारमा पनि उनलाई पक्राउ गरेको थियो । तर, उनीसँग पक्राउ नगर्न सर्वोच्चले दिएको आदेश रहेको खुलेपछि प्रहरीले छोडेको थियो ।
यससँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.