काठमाण्डाैैं । निर्वाचन कार्यक्रम अन्तर्गत यतिबेला आयोगले उम्मेदवारमाथि परेको उजुरीमाथि जाँचबुझको काम गरिरहेको छ । सम्बन्धित पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको भए सो माथि जाँचबुझ भइरहेको र उम्मेदवारले बुझाएको कागजात रुजु गर्ने काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएकाे छ ।
वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।