Khabar Board
Flash logo up side
Nirbachan aayog

सम्पर्कविहीन तारा एयरको जहाज खोज्न दुइटा हेलिकप्टर परिचालन

Nirbachan m

काठमाडौं ।

तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको सेतोपाटीलाई बताए।

नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको निजी हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हराइरहेको जहाज खोज्ने कार्य जारी रहेको बताए।

Panacea Education

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

यो पनि : जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.