काठमाडौं ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। विभागले जेठ २० गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको हो।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरेको हो।
विभागले सार्वजनिक यातायातको २ देखि २.९ प्रतिशतको दरले भाडा घटेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा २.९ प्रतिशत घताइएको छ।
सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ।