Khabar Board
Flash logo up side
Nirbachan aayog

काठमाडौंमा वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालियो कतै केमिकल छर्किदै

Nirbachan m

काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार सोमबार बिहानै वडाध्यक्षसहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।

फोहोर व्यवस्थान गरिने ठाउँका स्थानीयसँग पनि आवश्यक छलफल गरी स्थानीयकै सहमतिमा फोहोर व्यवस्थापन गर्ने ठाउँको पनि पहिचान गरिएको भट्टराईले  बताउछन ।

त्यसैगरि उपत्यकाका कुनै ठाँउमा भने सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ ।

सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।

सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् । उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.