काठमाडौं ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।
तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो। वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो। यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए।
कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए। आजैमात्र आइतबार पनि बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।
