Khabar Board
Flash logo up side
flash header

२२ जना प्रहरीका डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूची-सहित)

Nirbachan m

काठमाडौँ ।

नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो ।

डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।

Center article

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.