Khabar Board
Flash logo up side
flash header

बढ्यो डाक्टरको परामर्श शुल्क तथा जाँच शुल्क, कति पुग्यो ?

Nirbachan m

काडमाडौं ।

आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल ९अफिन० को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो ।

१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको विज्ञप्तिमा उल्लेख छ । परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह समेत गरेका छन् ।

Center article

विज्ञप्तिमा उल्लेख भए अनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।

यस्तै, डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६७० शुल्क लिन पाउनेछन् । यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन् ।

डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८८० रुपैयाँ लिन पाउनेछन् । डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.