Khabar Board
Flash logo up side
flash header

विद्यार्थी परिषद् त्रि.वि एकाईद्वारा खुल्ला रक्तदान कार्यक्रम आयोजना, ५८ जनाले गरे रक्तदान

Nirbachan m

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन त्रिभुवन विश्वविद्यालय एकाइ समितिकाे आयोजनामा खुल्ला रक्तदान कार्याक्रम सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय एकाइ समिति सदस्य लाेकेन्द्र खड्काकाे संयाेजकत्वमा सम्पन्न भएकाे खुल्ला रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।

विश्वविद्यालय शिक्षा शास्त्र विभागमा आयोजना गरिएको कार्यक्रमकाे उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईले विद्यार्थीले अध्ययन सँग सँगै विभिन्न किसिमकाे रचनात्मक र सामाजिक कार्यमा सक्रिय हुँदा वास्तवमा विद्यार्थी जीवन सार्थक हुन्छ हुने र प्राज्ञिक विद्यार्थी परिषद् यस्तै रचनात्मक कार्यक्रममा सक्रिय भएकाे देख्दा धेरै खुसी लागेकाे कुरा व्यक्त गरेका थिए ।

Center article

समय समयमा हुने रगत अभावलाई मध्यनजर गर्दै विद्यार्थी परिषद् विश्वविद्यालय एकाइले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिवि संयाेजक अर्जुन बगालेले जानकारी दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्रा.डा. ध्यानेद्र बहादुर राई प्रमुख अतिथि, विशिष्ट अतिथिमा प्राज्ञिक विद्यार्थी परिषद् ,नेपालका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, विश्वविद्यालय क्याम्पस स्व. वि.यु. अध्यक्ष श्यामराज ओझा लगायत प्राज्ञिक विद्यार्थी परिषद् , नेपालकी राष्ट्रिय सचिव जानकी आचार्य, गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिल्सिना ,केन्द्रीय सदस्य सुरेन्द्र भट्टराई , प्रदेश सचिव निरञ्जन पाठक, त्रिभुवन विश्वविद्यालय संयोजक एवं केन्द्रीय सदस्य अर्जुन बगाले , केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की लगायतको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.