डन्डिफोरबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय

Image

काठमाडौँ । प्रायजसो १३ वर्षदेखि १७ वर्षको उमेरमा अनुहारमा डन्डिफोर आउने समस्या हुन्छ । बालक र बालिकाहरू बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरक पन आउँछ । यस उमेरमा शारीरिक स्वरूपमा नै परिवर्तन देखिन्छ । डन्डिफोर प्रायजसो यही उमेरमा देखिने अर्थात आउने गर्दछ । डन्डिफोरको दाग रहने भएकाले अनुहारको चमक घटाउँछ ।

डन्डिफोरले अनुहारको चमक घटाउने अर्थात सौन्दर्यता  बिगार्ने हुनाले यसबाट सबै वाक्क भएका हुन्छ ।  डन्डिफोर हटाउने औषधी अस्पतालमा पनि पाइन्छ । तर अस्पतालमा पाइने औषधि प्रयोग गर्दा छालामा असर पर्न सक्छ । डन्डिफोर हटाउन  अस्पतालको औषधिले तत्काल अनुहारमा चमक ल्याएपनि पछि भने छालामा असर पर्ने गर्दछ । त्यसकारण डन्डिफोर हटाउनको लागि घरेलु विधि अपनाएकै राम्रो हुन्छ ।

डण्डीफोर आउनुका कारण यस्ता छन् :

गर्भावस्था
गर्भावस्थामा हुने हर्मोन असन्तुलनका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । गर्भावस्थामा यो सामान्य हो ।

चलाइरहने र निचोर्ने बानी
कयौ मानिसको बानी हुन्छ, डण्डीफोरमा हात लगाइरहने । बारम्बार एकै ठाँउमा डण्डीफोर आउनुको कारण यो पनि हो । बारम्बार हातले डण्डीफोर चलाइरहने बानीका कारण अनुहारको छिद्रमा तेल तथा फोहर जम्मा हुन्छ । छिद्र टालीएपछि डण्डीफोर निस्कन्छ ।

कसैको बानी चाहिँ डण्डीफोर आयो कि निचोर्ने हुन्छ । निचोर्दा डण्डीफोर त निस्कदैन, तर त्यसले झन समस्या ल्याउँछ । बारम्बार डण्डीफोर थिच्दा, निर्चोदा या कोटयाउँदा त्यो ठाउँ सुन्नीन्छ र डण्डीफोर झन ठूलो देखिन्छ ।

यस्तो बेला छालाको छिद्र्रलाई मनतातो पानीले सफा गर्नुपर्छ । विभिन्न ट्रिटमेन्ट क्रिम दलेर छालामा जम्मा भएका फोहर तथा अतिरिक्त तेल हटाउन सकिन्छ, जसबाट अनुहार सफा हुन्छ ।

चिन्तीत मुद्रा
हामी जब चिन्तीत हुन्छौं, तब मुहारमा पनि त्यसको असर पर्छ । हामी हाँस्दा मुहार तन्कीन्छ भने रिसाउँदा या तनावम हुँदा खुम्चीन्छ । किनकी, मानिसको मुहारमा ‘स्टे्रस एरिया’ हुन्छ । र, डण्डीफोर पनि बारम्बार स्ट्रेस एरियामै आउँछ ।

तनाव या कुनै विरामीका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा त्यो ठाउँमा डण्डीफोर आउँछ । हर्मोनको गडबडी तथा महिनावारी हुँदा पनि महिलालाई त्यस्ता ठाउँमा डण्डीफोर आउने गर्छ ।

छालाको समस्या
छालाका अन्य धरै समस्या हुन्छन्, जसका कारण अनुहारमा बारम्बार डण्डीफोर आउँछ, त्यो पनि एकै ठाउँमा । छालाभित्र नदेखिने डण्डीफोर पनि हुन्छन् । छाला भित्र डण्डीफोर आएमा त्यसको केही भागमात्र छाला बाहिर देखिने गर्छ । बाँकी भाग भित्रै रहन्छ । विशेषगरी छालाका छिद्र विभिन्न भागमा विभाजित हुन जाँदा त्यसमा रहेको तेल कोणको आकारमा माथि उठ्ने गर्छ ।

डण्डीफोर आउने कारण र हटाउने केहि घरेलु उपाय
डण्डीफोर प्रायजसो युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको सुन्दरतानै समाप्त गर्दिन्छ । डण्डीफोर बढी तेलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ ।

डण्डीफोर आउने कारण

१.युवावस्थामा हार्मोनको बृद्धि

२.पेटको खराबी

३.रगतको कमी

४.छाला फोहोर हुनु

५.विभिन्न प्रकारका क्रिम मलमको प्रयोग

६.भिटामिन ‘ए’को कमी

७.चिल्लो पदार्थको बढी सेवन

८.सम्भोगको अति चाहना

९.बढी हस्तमैथुन

१०.कामोत्तेजक साहित्य

११.महिनावारीमा खराबी

१२.पेय पदार्थको असर

यदि तपाई पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ । डण्डीफोर हटाउनका लागि यी घरेलु उपाय प्रयोग गर्न सक्नुहुन्छ ।

डण्डीफोर हटाउने केहि घरेलु उपाय, यस्ता छन्
मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

भिटामिन : खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।

गोलभेंडा : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

चन्दन पाउडर : एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

कागतीको रस : डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

खाने सोडा : फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

डन्डिफोर हटाइनुका साथै अनुहारमा चमक ल्याउनको लागी घरेलु उपायले मात्रै उपयाेगि हुँदैन । हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । हामी अनुहारमा अनेकौं कस्मेटिक प्रोडक्ट प्रयोग गरिरहेका हुन्छौ, जसले क्षणिक सौन्दर्य प्रदान गरेपनि दीर्घकालीन रुपमा हानी पुर्याउँछ । यस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोगलाई घटाउनुपर्छ । घाममा निस्कनुअघि. घामको विकिरणले अनुहारको छालामा सोझो असर पर्छ ।

त्यसैले घाममा वा खुला स्थानमा निस्कनुअघि कपडा, माक्स आदिले अनुहार ढाक्नुपर्छ । स्वास्थ्य खानपान. अनुहारको सौन्दर्यका लागि मेकअप वा उपचारले मात्र पुग्दैन । खासमा पेट सफा राख्नुपर्छ । पर्याप्त पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, फाइबरयुक्त खानेकुरा खाने, सलाद, फलफूलको सेवन बढाउने । साथै चिल्लो, चाप्लो, मसलेदार, अमिलो, पीरो खानेकुरा छालाको सौन्दर्यका लागि अनुकुल हुँदैन ।