बैतडी । बैतडीका एक शिक्षकले राजनीतिमा सक्रिय हुनका लागि शिक्षक पदबाट राजीनामा दिएका छन्। सुर्नया गाउँपालिका-७ स्थित भुवनेश्वर माध्यमिक विद्यालय पत्थरकोटमा कार्यरत शिक्षक अम्मरबहादुर कुँवरले राजीनामा दिएका हुन्।
कुँवरले नेकपा एमालेबाट पालिका अध्यक्ष पदका लागि आफू आकांक्षी रहेको र त्यसैले शिक्षक पदबाट राजीनामा गरेको बताए । १८ बर्षदेखि शिक्षण पेशामा आवद्ध रहेका कुँवरको विद्यालयले एक कार्यक्रम गरी बिदाई समेत गरेको छ ।














