Khabar Board
Flash logo up side
flash header

कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ

Nirbachan m

कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिका ४ आँपतालस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावरी नगरपालिका ५ बस्ने १९ वर्षीय धिरज राना र सोही जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने १९ वर्षीय दिपक राना छन् ।

Center article

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्रोभेट ट्याब्लेट ३० वटा र स्पास ट्याब्लेट २४ वटा फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको बताइएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.