बैतडी ।
बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नं.०२ गाँजरी खुदाईनगरका युवाहरुले संचालन गरेको ‘आफ्नो गाउँ-आफै बनाउँ’ अभियान प्रभावकारी बन्दै गएको छ। खुदाईनगरका युवाहरू द्वारा आफ्नो गाउँको बिकासका लागि आफै अग्रसर हुनुपर्छ भन्दै बिगत एक बर्ष देखि सुरु गरिएको उक्त अभियान प्रभावकारी बन्दै गएको हो ।
स्थानीय सरकारलाई गुहार गर्दा गर्दै थाकेका खुदाईनगर बासिको अनुहारमा खुसि ल्याउन र आफ्नो टोलमा रहेका जनशक्तिको दक्षता र क्षमता अभिबृद्वि गराई बिकासमा टेवा पुर्याउन युवाहरूले ल्याएको रणनीतिले अहिले खुदाईनगर टोलको मुहार फेरिदै गएको छ । राजनीतिक रुपमा पहुँच कम देखिएका खुदाईनगर बासिले अहिले छुट्टै रणनीति अपनाएका छन् । युवाहरूको जुरमुरावट र परिवर्तनकारी कदम देखेर बर्षौ देखि गुम्सिएका खुदाईनगरबासिको अनुहारमा खुसियाली छाएको छ ।
युवाहरु द्वारा संचालित ‘आफ्नो गाउँ-आफै बनाउँ’ अभियान अन्तर्गत टोल सरसफाइ र स्वास्थ्य सुरक्षा सम्बन्धि सचेतना मुलक कार्यक्रम , मास्क र साबुन बितरण , बाटो घाटो निर्माण , कुलो र घट्ट निर्माण , कुवा,पानी धारा निर्माणस , नि : शुल्क ट्युसन क्लास संचालन लगायतका विभिन्न कार्यहरु गरिएको खुदाईनगरका स्थानीय उद्वब चर्मकारले बताए । उहाँका अनुसार खुदाईनगरका युवा धुर्ब किरण भुल,जनक चर्मकार र उद्वब चर्मकारको नेतृत्व र खुदाईनगरका सम्पूर्ण युवाहरू सङ्गको समुन्वय सङ्गै खुदाईनगरबासिको सहभागीतामा उक्त अभियान संचालन गरिएको जनाए ।
स्थानीय सरकारलाई जति गुहार गर्दा समेत कुरै नसुन्ने गरे पछि युवाहरूले ल्याएको फरक रणनीतिले अहिले टोलले नयाँ मोड लिएको स्थानीय घनश्याम चर्मकारले बताए । उहाँका अनुसार युवाहरूले गरेको आन्तरिक समुन्वय र बिकासको रणनीतिले टोलको मुहार फेर्नमा एकदमै महत्त्वपूर्ण भुमिका खेलेको जनाए।
युवाहरूले गरेका कामहरु प्रती आफुहरु सकरात्मक र खुसि रहेको खुदाईनगर बासिको भनाई रहेको छ।उनिहरुका अनुसार युवाहरूले बनाएको जुनसुकै रणनीतिमा पनि आफुहरु सकरात्मक रहने र आउँदो चुनावमा पनि युवाहरूको रणनीति एकदमै प्रभावकारी रहने समेत बताए ।
अहिले खुदाईनगरका युवाहरु चुनाव नजिकिए सङ्गै राजनीतिमा पहुँच पुगाउने उदेश्यका साथ आन्तरिक छलफल र समुन्वयमा लागेका छन् । उनिहरुले अहिले आन्तरिक छलफल र समुन्वय सङ्गै वडा नं.०२ का अन्य टोलका र सिगास गाउँपालिका भरिकै युवाहरू,बुद्धिजीवी,शिक्षित बर्ग र राजनितीज्ञहरु सँगको सहकार्य
र छलफललाई समेत अगाडि बढाई रहेका छन्। उनिहरु यश पटक हुने चुनावमा आफुहरु प्रति सकरात्मक धारणा बोक्ने र बिकासका लागि पछि नहट्ने सक्षम नेतृत्व चयनका लागि आन्तरिक छलफलमा रहेका छन्।