Khabar Board
Flash logo up side
flash header

आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन खोज्ने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Nirbachan m

काठमाडौं ।

आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन खोज्ने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यामिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीविरूद्ध मुद्दा दायर भएको हो।

कलानन्दका छोरा शेखर सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत थिए। २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट सञ्चालन भएको अंग्रेजी र फिजिक्सको परीक्षामा पास गराउन खोजेको आरोप छ।

Center article

उनले आफ्ना छोरालाई पास गराउन सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहित कन्ट्रोल लिष्ट सच्चाएका थिए। जबकी उनी परीक्षामा सामेल नै नभएको भन्ने उजुरी अख्तियारमा परेको थियो। सो उजुरीमाथि अनुसन्धान हुँदा बुवा कलानन्दले आफ्नो छोराको सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा विद्यार्थीको नाम थर पनि फेरेको अख्तियारले जनाएको छ।

अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विज्ञान संकायमा पहिले नै कक्षा ११ र १२ परीक्षा पास गरिसकेका प्रभात शाहीले परीक्षा दिएका थिए। कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्मामाथि कलानन्दसँग मिलेमतो गरेको आरोप छ।

‘कलानन्दसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईवटा कन्ट्रोल लिष्ट बुझी अंग्रेजी र फिजिक्सको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्‍ने जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानूनी रूपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएको,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.