Khabar Board
Flash logo up side
flash header

सलमान खानलाई रामचरणको जवाफ- मलाई पनि बलिउडमा खेल्न इच्छा छ

Nirbachan m

काठमाडौं ।

दक्षिण भारतीय सुपरस्टार राम चरण र जूनियर एनटीआर स्टारर् एसएस राजामौलीको ‘आरआरआर’ले विभिन्न कीर्तिमान बनाएको छ, तोडेको छ। विश्वव्यापी १ हजार करोड कमाइ गर्ने तेस्रो फिल्म बनेको आरआरआर कोरोनापछि सबैभन्दा बढी कमाउने फिल्म बनेको छ।

यसैबीच बलिउड अभिनेता सलमान खानले बलिउडका सिनेमाहरू दक्षिणमा किन नचल्ने भन्दै प्रश्न गरेका थिए। सलमान खानले पनि ट्वीट गर्दै भनेका छन्, ‘मलाई राम, राजामौली र तारकको काम मनपर्छ तर साउथमा हाम्रा फिल्म किन कदर गरिदैन?’

Center article

यस विषयमा राम चरणले आफू पनि बलिउडमा काम गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका छन्। ‘मलाई हिन्दी फिल्मको निर्देशक चाहिएको छ, जसले दक्षिणलाई पनि पूर्ति गर्ने प्यान इन्डिया फिल्म बनाउँछ,’ उनले अगाडि भनेका छन्, ‘सलमानजीको कुरा एकदम स्पष्ट र इमान्दार छ, तर मलाई विश्वास छ कि यो उनको दोष वा कुनै फिल्मको दोष होइन। हाम्रो फिल्म यता पनि हेरिनुपर्छ र उता पनि हेरिनुपर्छ, यी सबै कुराको सीमाहरु निर्देशकले उठाउनुपर्छ।’

उनले हरेक लेखकलाई विजयेन्द्र प्रसाद (आरआरआर) अर्थात् राजामौलीले जस्तो फिल्महरू लेखिनुपर्ने भन्दै यसमा विश्वास गर्नुपर्ने बताए। ‘पक्कै पनि म बलिउडका कलाकारसँग काम गर्दै एउटा भारतीय फिल्म बनाउन चाहन्छु, म चाहान्छु कि निर्देशकहरूले दक्षिणबाट प्रतिभा खोजेर ठूला फिल्महरू बनाउन्,’ उनले भने।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.