भूमिहीनले यहि वर्ष लालपूर्जा पाउने

Image

हेटौंडा।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोगका अध्यक्ष  बिष्णु दाहालले जिल्लामा आयोग गठन भएपछि गरेको प्रगति बारे विवरण सार्वजनिक गर्दै भूमिहीनले चालु आर्थिक वर्षमै जग्गा प्रमाण पत्र (लालपुर्जा) प्राप्त गर्ने दाबी गर्नु भएको छ।

जिल्लाको बागमती गाउँपालिकामा तीन भूमिहीन दलितले लाजपुर्जा प्राप्त गरिसकेको बताउँदै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको बताउनुभयो ।

आयोगका सदस्य सचिव समेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटै स्थानीय तहमा गरी ३ सय ७९ जना भूमिहीन दलित,२ हजार ४६३ जना भूमिहीन सुकुम्बासी र ३३ हजार ३२६ अव्यवस्थित बसोबासीले जग्गा प्रमाण पत्रको लागि निवेदन दिएको बताउनुभयो ।

आयोगका अनुसार पहिलो चरणमा भूमिहीन दलित र सुकुम्बासीलाई लाजपूर्जा दिईने छ भने दोस्रो चरणमा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिईने छ भनि बताउनुभयो।