Khabar Board
Flash logo up side
flash header

फुकुओकाबाट अर्जुन थापा(बगाले)ले दिए जापान NRNA मा सचिवको उमेदवारी (अपिल-सहित )

Nirbachan m

काठमाडौं । एनआरएनए जापानको आगामी कार्यकाल (२०२३-२५) को लागि फुकुओकाबाट सचिव पदमा अर्जुन थापा(बगाले)ले उम्मेदवारी दर्ता गराएको छ।

एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार उम्मेदवारी दर्ता गराएको हो ।

विगत १० बर्ष देखि जापानमा बसोबास गर्दै आईरहनुभएका थापा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आईरहेका छन।

फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियानका सचिब, नेपाल फेस्टिवल फुकुओकाको सचिब, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिब, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गर्दै आइरहेका छन् ।

सामाजिक जिम्मेवारी निर्वाह गर्दै गर्दा धेरै नै महत्वपूर्ण कार्यहरु गरेका थापा अझ सशक्त भएर सामाजिक कार्य गर्न तिब्र इच्छा सहित आएको बताउनुहुन्छ ।

“एनआरएनए जापानको १२ ओटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्दता व्यक्त गर्दछु” थापाले भन्नुभयो ।

Center article

विद्यार्थीकालदेखि नै अरुको हित र सेवामा समर्पित हुँदै आउनुभएका थापाले पुन सामाजिक कार्य गर्ने अवसरका लागि जापानवासी नेपालीमाझ अपिल गर्नुभएको छ। समाजिक संजालमा लेख्दै उनले भने ” सम्पूर्णमा नमस्कार,
म अर्जुन थापा (बगाले) । विगत १० बर्ष देखि जापानमा बसोबास गर्दै आइरहेको छु। जापानमा बसोबासको क्रममा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेको कुरा अवगत नै छ।

२०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिब, नेपाल फेस्टिवल फुकुओकाको सचिब, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिब, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गर्दै आइरहेको छु। यस सामाजिक जिम्मेवारी निर्वाह गर्दै गर्दा धेरै नै महत्वपूर्ण कार्यहरु गरेको छु। अझ सशक्त भएर सामाजिक कार्य गर्न तिब्र इच्छा सहित आएको छु। एनआरएनए जापानको १२ ओटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्दता व्यक्त गर्दछु।

यस सामजिक यात्रामा आज सम्म यहाँहरुले गर्नु भएको साथ, सहयोग एवं सद्भाव प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। पुन: यस पटक यहाँहरुको सहयोगको अपेक्षा गर्दछु।
२०२३ -२०२५ कार्यकालको लागि मलाई सचिब पदमा अत्यधिक बहुमतका साथ विजय गराई यहाँहरुको सेवा गर्ने अवसर दिनु हुन हार्दिक अपील गर्दछु।
“विधि, विधान र नीतिमा सबलीकरण
पारदर्शी एनआरएनएमा प्रबलीकरण”

धन्यवाद

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.