Khabar Board
Flash logo up side
flash header

देवराज उप्रेतीले दिए जापान NRNA मा उपाध्यक्षको उमेदवारी (अपिल-सहित )

Nirbachan m

काठमाडौं । एनआरएनए जापानको उपाध्यक्ष पदमा देवराज उप्रेतीले उम्मेदवारी दिएका छन । एनआरएनए सस्थागत विकास र युवा सहभागिताका लागि एक दशक लामो सक्रिय भूमिका निर्वाह गरिसकेका उप्रेतीले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

मौजुदा कार्यसमितिमा सचिव रहेका उप्रेतीले संघलाइ प्रविधि मैत्री बनाएर कार्य गर्न गराउन, प्रवासमा नेपालीहरुको अभिभावकिय भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग पुर्‍याउन अभिप्रेरित गर्नका लागि आफू नेतृत्वदायी भूमिकामा रहनुपर्ने महशुस गरि सो पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

एनआरएनए जापान क्युस्यु क्षेत्रीय समिति २०१५-२०१७ कार्यकालमा सदस्य र त्यहि कार्यकालमा सचिवको जिम्मेवारी सम्हाल्दै २०१७-२०१९ कार्यकालमा उपसंयोजक र २०१९-२०२१ कार्यकालमा संयोजकको समेत जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका उप्रेती चुनावी मैदानमा आफू प्रतिस्पर्धीहरुका बिचमा बलियो रहेको दाबी गरेका छन ।

Center article

संस्थालाई नेपालको राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरि जापान जस्तो देशमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागि भूमिका खेल्नु हामी सवैको दायित्व हो उपाध्यक्ष पदका प्रत्यासी उप्रेती भने
“जापानमा सिकेको ज्ञान र सिप स्वदेशमा उपयोग गर्न सकारत्मक सन्देश दिनेगरी स्वदेशमा लगानी बढाउन अभिप्रेरित गर्नका लागि पनि म एनआरएनए जापानको उपाध्यक्षमा आउनु आवश्यक छ ।

“एनआरएनए जापानप्रति जापानबासी नेपालीहरुको आशा एवं विश्वास कम हुदै गइरहेको र संस्थाप्रति नै वितृष्णा जागरण भइरहेको देख्दा म अत्यन्त दुःखी भएको छु।” उप्रेतीले भने-यो संस्थालाई आम जापनबासी नेपालीहरुले अपनत्व लिन सक्ने, विश्वास गर्न सक्ने र साच्चै जापानबासी नेपालीहरुको सुख दु:खको साथीको साथ साथै अविभावकीय संस्था हो भनी विश्वास गर्न सक्ने संस्था निर्माणमा मेरो पहिलो प्राथमिकता रहने छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.